मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ताइवानमा शक्तिशाली भूकम्प

आइतबार, ०७ कात्तिक २०७८, १८ : ०६
आइतबार, ०७ कात्तिक २०७८

उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरूले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यस भूकम्पको मापन ६.५ म्याग्नेच्यूडको रहेको छ  । तर  अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नेच्यूडको मात्र भएको बताएको छ ।

स्थानीय समयानुसार आइतबार १ः ११ बजे मध्यान्हमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७  किलोमिटर गहिराइमा रहेको थियो । यिलानमा बस्ने एएफपी सम्वाददाताका अनुसार कम्पन करिब ३० सेकेन्डसम्म चलेको थियो । भूकम्पपछि ५.४ म्याग्नेच्यूडको पराकम्पन आएको बताइएको छ । 

सन् २०१८ मा एक रमणीय पर्यटकस्थल  हुआलिएनमा आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १७ व्यक्तिको मृत्यु भएको थियो भने करिब ३०० जना घाइते भएका थिए । सन् १९९९ को सेप्टेम्बरमा ताइवानको एक टापुमा गएको ७.६ म्याग्नेच्यूडको भूकम्पले इतिहासको नै सबैभन्दा घातक रहेको र यसमा परी दुई हजार ४ सय जनाको मृत्यु भएको थियो ।

सन् २०२० को डिसेम्बर मा यिलानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।  तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप