शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ

आइतबार, ०७ कात्तिक २०७८, १८ : ०१
आइतबार, ०७ कात्तिक २०७८

पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।  प्रहरीले रोबर्टमाथि अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप