शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थप ५५७ जनामा कोरोना पुष्टि, निको हुने दर ९७.३ प्रतिशत

आइतबार, ०७ कात्तिक २०७८, १७ : ०९
आइतबार, ०७ कात्तिक २०७८

पछिल्लो २४ घण्टामा देशभर थप ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ५६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार १५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ भने केस फर्टिलिटी दर १.४ प्रतिशत रहेको छ । 
यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप