‘पोलेको मकै’ बालकथा सङ्ग्रह
![‘पोलेको मकै’ बालकथा सङ्ग्रह](https://rpcdn.ratopati.com/media/albums/poleko_W2kYbKr3Tc.jpg)
श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको उक्त कथा सङ्ग्रह बुक्स हिमालयले प्रकाशन गरेको हो ।
दस बर्से शिक्षण पेसा छाडी २०७२ सालदेखि काठमाडौँमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा समावेश छन् ।
‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ । बालकथा सङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए । हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ रहको छ । सर्जक गङ्गा कर्माचार्य पौडेलले सम्पादन गरेको सङ्ग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् ।
स्रष्टा राईका यसअघि बालकथा सङ्ग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् । विशेषगरी बालकथामा दक्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गीत, गजल, कविता, समीक्षामा पनि उत्तिकै सशक्त छन् ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शङ्कर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य÷ पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् । हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन् ।
राईसँग राहत शिक्षक सङ्घर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ । उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा