नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम बढेन
आइतबार, ०७ कात्तिक २०७८, १५ : २८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा उत्साहजनक वृद्धि आएको हो । यसक्रममा आज २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएर ५८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । बजार दोहोरो अंकले बढेपनि आज व्यापार समूहमा ३२.४७ अंकको गिरावट आएको छ ।
यसबाहेक, अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ । उत्पादनमूलक समूह १०५ अंक, वित्त ८९ अंक, विकास बैंक ७२ अंक, जीवन बीमा ६७ अंक र लघुवित्त समूहमा ५३ अंकको सुधार आएको छ । वेस्ट फाइनान्स र रिदि हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य समान १०/१० प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न