अर्थमन्त्री र बेलायती राजदूत भेट, बमौसमी वर्षापीडितलाई सहयोगबारे कुराकानी
अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री शर्मालाई भेट्न राजदूत पोलिट आइतबार अर्थ मन्त्रालयमै पुगेकी थिइन् । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल भएको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार गोविन्द रोकाले जानकारी दिए ।
भेट क्रममा मन्त्री शर्मा र राजदूत पोलिटबीच नेपालको सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जनधन र पूर्वाधार क्षति कुरा भएको छ । पीडितको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणमा आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको रोकाले जानकारी दिए ।
भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरूले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय