बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुन: महोत्तरीको एक वडाको मतगणना हुँदै

आइतबार, ०७ कात्तिक २०७८, १५ : २४
आइतबार, ०७ कात्तिक २०७८

महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मा वडा अध्यक्ष पदमा चार वर्षअघि भएको मतदानको पुनः मतगणना गरिँदैछ । सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो ।

अदालतको ०७५ असार २१ गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो । ०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम ८ गते सार्वजनिक भएको थियो ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप