बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले उपलब्ध गराउने १ लाख फाइजर खोप भोलि आइपुग्ने

आइतबार, ०७ कात्तिक २०७८, १४ : १३
आइतबार, ०७ कात्तिक २०७८

अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । 

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

खोप सोमबार अर्थात भोलि नेपाल आइपुग्ने पौडेलले बताए । खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए ।  तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप