फाइजर खोप दीर्घरोगी बालबालिकालाई
सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने उनले बताए । फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगी बालबालिका र यसअघि खोप लगाउन छुटेका अन्य उमेर समूहका दीर्घरोगीलाई छठ लगत्तै खोप दिने योजना बनाएको उनले सुनाए ।
फाइजर खोप एक महिनासम्म भण्डारण गर्न सकिने भएकाले दीर्घरोगीको लागि स्थानीय प्रदेश र केन्द्रका खोप केन्द्रमा पठाइने भएको छ । फाइजर खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइने उनले बताए । अमेरिकाबाट सोमबार नेपाल आइपुग्ने फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई नपुग्ने भएकाले दीर्घरोगी बालबालिकालाई स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मृगौला लगायत दीर्घरोगीले खोप पाउने छन् ।
फाइजर खोप अमेरिकी फाइजर बायोएनटेक कम्पनीले उत्पादन गरेको हो । यस खोप युएस फुड एन्ड ड्रग एडनिनिस्ट्रसले १६ वर्षमाथिका बालबालिकालाई खोप लगाउने अनुमति दिएको थियो । पुनः ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि यो खोप निकै प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ ।
लक्षणसहितको कोरोना संक्रमण रोक्न अर्थात नियन्त्रणका लागि ९१ प्रतिशत काम गरेको अध्ययनले देखाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यस खोपलाई ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अनुमति दिने नदिने सम्बन्धमा निर्णय गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्जन्य घटनाको जोखिम बढिरहेको छ : मन्त्री लामिछाने
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
-
आफ्नै चिपसेट बनाउँदै ओपनएआई