बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जिमनास्टिक प्रतियोगितामा भाग लिन बंगलादेश जाने खेलाडीहरूको विदाई

आइतबार, ०७ कात्तिक २०७८, १२ : ४७
आइतबार, ०७ कात्तिक २०७८

बंगलादेशको बगबन्धु रंगशालामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आइतबार विदाई गरिएको छ ।  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगितामा सहभागी हुन जाने खेलाडी टोलीलाई बिदाई गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई शुभकामना तथा बधाई दिँदै देश र जनताको मानसम्मान हुने गरि खेल खेल्न आग्रह गरे ।  आफ्नो देशका खेलाडीहरूको खेल र त्यसको सफलताबाट देशले गर्व गर्न सक्नुपर्ने भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई हौसला दिएका थिए । 

प्रतियोगिता कात्तिक ९ गतेदेखि सात दिनसम्म चल्नेछ । खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप