शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको ९६ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

आइतबार, ०७ कात्तिक २०७८, १२ : २८
आइतबार, ०७ कात्तिक २०७८

मकवानपुरको ९६ वटा वडाहरूमा नेकपा एमालेको शनिबार वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूमा भने आगामी १० गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिए । मकवानपुरका १० वटा स्थानीय तहका १०२ वटा वडाहरू मध्ये कैलाश गाउँपालिकाको ३ वटा वडा, राक्सिराङको २ वटा वडा, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाको १÷१ वटा वडामा अधिवेशन गर्न बाँकी रहेको उनले बताए ।

स्थानीय पर्व र केही आवश्यक तयारीका गर्नुपर्ने भएका कारण ती वडाहरूमा अधिवेशन गर्न नसकिएको उनले बताए । अधिवेशन सम्पन्न भएका सबैजसो वडामा सर्वसम्मत ढंगले कार्यसमिति चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । 

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका १९ वटा वडा मध्ये १८ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको १ वटा वडामा भने शनिबार अधिवेशन हुन सकेन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ मा शनिबार वडा अधिवेशन हुन नसकेको हो । 

वडा अधिवेशन सम्पन्न भएका हेटौंडाका १८ वटा वडामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले हेटौंडा उपमहानगरपालिकाका वडाहरूमा ४१ जना सदस्यहरुको कमिटि निर्माण गरेको छ । यता मकवानपुरको कैलाश गाउँपालिकाको १२ वटा वडा मध्ये ३ वटा वडामा एमालेको अधिवेशन सम्पन्न हुन सकेन । कैलाश गाउँपालिका वडा नम्बर– ४, ७ र ८ नम्बरमा अधिवेशन हुन नसकेको हो । राक्सिराङ गाउँपालिकाको ९ वटा वडा मध्ये २ वटा वडामा नेकपा एमालेको वडा अधिवेशन बाँकी रहेको छ । राक्सिराङको वडा नम्बर– ७ र ८ मा एमालेको वडा अधिवेशन बाँकी रहेको हो । 

अधिवेशन सम्पन्न भएका ९६ वटा वडामा नेकपा एमालेले क्रियाशिल र युवा नेतृत्व प्रदान गरेको अध्यक्ष लम्सालले बताए । मकवानपुरमा नेकपा एमालेका साढे १० हजार संगठित सदस्यहरुले वडा अधिवेशनमा सहभागिता जनाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप