शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

आइतबार, ०७ कात्तिक २०७८, १२ : ०८
आइतबार, ०७ कात्तिक २०७८

भक्तपुरको भक्तपुर नगरपालिका–१ मा मिनीट्रक र मोटरसाईकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा परेर चाँगुनाराणयस्थित छालिङ बस्ने २० वर्षीय सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।

शुक्रबार भक्तपुर नगरपालिका–१ स्थित यति कार्पेट नजिक प्रदेश–३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकल प्रदेश–३–०१–००३ क ५०६५ नम्बरको मिनिट्रकसँग ठोक्किएको थियो । मोटरसाईकल पछाडि सवार सुरजले उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ज्यान गुमाए ।

मिनीट्रक चालक कमलविनायक बस्दै आएका लक्ष्मीप्रसाद दुवाललाई प्रहरीले पक्राउ गरेको छ । असावधानीपूर्वक सवारी चलाउँदा दुर्घटना भएको अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप