शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले प्रवेश गर्नुअघि बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले भने, ‘अब झापामा माओवादी पत्तासाफ हुन्छ !

आइतबार, ०७ कात्तिक २०७८, ११ : ४१
आइतबार, ०७ कात्तिक २०७८

झापाको बिर्तामोडस्थित विवादित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।​ प्रसाईंसहितका विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा जाँदैछन् । प्रसाईले यसअघि नेकपा माओवादी भएको बताउने गरेका थिए ।  बिर्तामोडस्थित सीटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा आफूसहित झण्डै चार हजार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गर्ने तयारी भएको प्रसाईँले बताए ।

पार्टी प्रवेश गरेर ओलीको हातबाट टीका लगाउनुअघि प्रसाईंले रातोपाटीसँग भने, ‘अब झापाबाट माओवादी पत्तासाफ हुन्छ ।’ उनले टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र कम्युनिस्टको वर्गशत्रु रहेको काँग्रेससँग माओवादीले घाँटी जोडेकाले पार्टी छोड्ने निर्णयमा पुगेको दावी गरे ।  प्रसाईं यसअघि असोजमा काठमाडौमा सम्पन्न नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा पनि सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप