प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्चमा
आइतबार, ०७ कात्तिक २०७८, ११ : २९
कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए ।
शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको छ । बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने प्रतिबद्धता नआए प्रधानन्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल