सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्चमा

आइतबार, ०७ कात्तिक २०७८, ११ : २९
आइतबार, ०७ कात्तिक २०७८

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको टोली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बीच भेट भएको छ । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको छ । प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए ।

शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो । सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको छ । बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने प्रतिबद्धता नआए प्रधानन्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप