शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्दै

आइतबार, ०७ कात्तिक २०७८, ११ : २५
आइतबार, ०७ कात्तिक २०७८

विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए । उनले भने, ‘सकेसम्म अबको एक÷दुई दिनमा आवेदन खुल्छ । नत्र शुक्रबारसम्ममा खुल्छ ।’

कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन । निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो । तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल (प्रयोगात्मक परीक्षा) नसकि नयाँ आवेदन खोल्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप