लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्दै
आइतबार, ०७ कात्तिक २०७८, ११ : २५
४
विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए । उनले भने, ‘सकेसम्म अबको एक÷दुई दिनमा आवेदन खुल्छ । नत्र शुक्रबारसम्ममा खुल्छ ।’
कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन । निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो । तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल (प्रयोगात्मक परीक्षा) नसकि नयाँ आवेदन खोल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण