ad

शाहिदकी श्रीमतीले शट्स लगाउँदा भइन् ट्रोल, प्रयोगकर्ताले भने, ‘पाइन्ट लगाउन बिर्सियौ कि ?’

person explore access_timeकात्तिक ७, २०७८ chat_bubble_outline0

शाहिद कपुरकी श्रीमती मीरा राजपूत मालदिभ्समा निकै मस्ती गरिरहेकी छिन् । यहाँबाट आइरहेका उनका ग्ल्यामरस तस्बिरलाई प्रशंसकले अत्यधिक तारिफ गरिरहेका छन् । अब उनी मुम्बई फिर्ता भइसकेकी छिन् । तर यसैबीच उनको एयरपोर्ट लुक्सले मानिसहरुको ध्यान आकर्षित गरेको छ । शट्समा मीरा राजपूतलाई देखेर मानिसहरुले उनलाई ट्रोल गरिरहेका छन् ।


शुक्रबार मीरा आफ्नो परिवारसँग विमानस्थलमा देखिइन् । एयरपोर्टमा मीरा र शाहिद दुबैले कालो रङको पहिरन लगाएका थिए । जहाँ शाहिदले कालो स्वेटशर्ट र पाइन्ट लगाएका थिए भने मीराले कालो ज्याकेटसँग शट्स लगाएकी थिइन् ।​ शट्स लगाएका कारण मानिसहरुले मीरा राजपूतलाई ट्रोल गरिरहेका छन् ।



विमानस्थलबाट मीरा र शाहिदको एउटा भिडियो भाइरल भइरहेको छ जसमा प्रयोगकर्ताले अत्यधिक कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘बच्चाले पूरा कपडाले लगाएका छन् तर आमाले केहि पनि छैन ।’ अर्काले लेखेका छन्, ‘के यी सबै स्टार्स यस्तै खालका कपडामा यात्रा गर्छन् ?’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘उनले पाइन्ट लगाउन बिर्सिइन्.... यति खराब फेशन ड्रेसिङ सेन्स ।’



अन्य कमेन्ट पनि गरिएका छन् । एक प्रयोगकर्ताले अचम्मित हुँदै लेखेका छन्, ‘वाह, कस्तो जमाना आयो । ’ अर्काले लेखे, ‘मीरालाई लाग्छ कि उनी निकै ठूलै स्टार हुन् ।’ साथै अर्काले लेखे, ‘यो शाहिदकी मीरा पागल भएकी छिन्, के लगाइरहेकी छिन्, थाहा नै छैन ।’



यसअघि पनि मीरा अन्य कारणले थुप्रै पटक ट्रोलर्सको निशानामा आउने गरेकी छिन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।