शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाही र धनुषाका एसपीको सरुवा

आइतबार, ०७ कात्तिक २०७८, १० : ५३
आइतबार, ०७ कात्तिक २०७८

सर्लाही र धनुषाका प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाले दुईवटा जिल्लाका एसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् । सर्लाहीको इन्चार्जमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ ।

त्यहाँ कार्यरत सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा बसन्त रजौरेलाई पठाइएको छ । धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कार्य विभागमा सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । राठौर २०७७ भदौ ४ मा सर्लाहीमा गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप