‘कबड्डी ४’ को छायाँकन मुस्ताङबाट सुरु
फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन शनिबारदेखि मुस्ताङबाट सुरु भएको हो । निर्देशक रामबाबु गुरुङले फिल्मको प्रै छायाँकन मुस्ताङको सेरोफेरोमा हुने बताए । फिल्मका सबै युनिट शुक्रबार मुस्ताङ पुगे पनि छायाँकन भने शनिबारबाट सुरु गरिएको हो । फिल्म ‘कबड्डी’ श्रृंखलाको अन्तिम सिरिज हो । अघिल्ला तीन सिरिजको छायांँकन पनि मुस्ताङमै भएको थियो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय छ । गौमाया यसै फिल्म मार्फत डेब्यू गर्दैछिन् । यो पटक फिल्मको ‘मैयाँ’ को भूमिकामा मिरुना मगर देखिने निर्माण युनिटले जनाएको छ ।
बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांँकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्म आगामी नयाँ बर्षमा प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।
‘कबड्डी’ का तीनै सिरिजमा ‘मैयाँ’ पात्र पाउन पुरुष पात्रले गर्न संघर्षको कथा प्रस्तुत गरिएको थियाे । यो फिल्ममा त्यो कथाले विट मार्ने निर्देशकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’