बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत–पाकिस्तान भिडन्त : बन्न सक्छन् यी पाँच कीर्तिमान

आइतबार, ०७ कात्तिक २०७८, १० : ४४
आइतबार, ०७ कात्तिक २०७८

भारत र पाकिस्तानबीच टी–२० विश्वकप क्रिकेटको समूह चरणको खेलमा आज प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुने यो खेललाई लिएर दुबै देशका जनता निकै आतुर देखिएका छन् । दुई देशबीचको खेलमा बन्नसक्ने केही सम्भावित रेकर्ड यस्ता छन् । 

कीर्तिमानमा बुमराहको नजर 
भारतीय फास्ट बलर जसप्रित बुमराहसामु पनि कीर्तिमान बनाउने अवसर छ । उनले ५० टी–२० खेलमा ५९ विकेट लिएका छन् । भारतका तर्फबाट टी २० मा सर्वाधिक विकेट लिनेको सूचीमा बुमराह दोस्रो नम्बरमा छन् । युजवेन्द्र चहलले भारतका लागि सर्वाधिक ६३ विकेट लिएका छन् । तर, चहल यस विश्वकपमा छैनन् । त्यसैले बुमराहलाई चाहलको कीर्तिमान तोड्ने अवसर छ । 

रोहित शर्माले बनाउन सक्छन् दुई रेकर्ड
भारतका ओपनर रोहित शर्मा टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक धेरै रन बनाउने मामिलामा तेस्रो नम्बरमा छन् । उनले अहिलेसम्मम १ सय ११ टी २० मा ३२ दशमलव ५४ को औसतमा २८६४ रन बनाएका छन् । यस सूचीमा भारतका विराट कोहली पहिलो र न्यूजील्यान्डका मार्टिन गुप्टिल दोस्रो नम्बरमा छन् । गुप्टिलले १ सय २ खेलमा २९३९ रन बनाएका छन् । रोहित शर्माले पाकिस्तानविरुद्ध ७६ रन बनाउन सके भने गुप्टिललाई पछि पारेर दोस्रो स्थानमा पुग्न सक्नेछन् । त्यसैगरी, टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक चौका प्रहार गर्नेको सुचीमा पनि रोहित चौथो नम्बरमा छन् । उनले २ सय ५२ चौका लगाएका छ । थप पाँचवटा चौका लगाउन सके उनले यो सूचीमा तेस्रो नम्बरमा रहेका काबिज गुप्टिललाई उछिन्नेछन् ।

विराट कोहलीले बनाउन सक्छन् यस्तो रेकर्ड  
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ३१५९ रन बनाउने कीर्तिमान भारतका  भारतका कप्तान विराट कोहलीको नाममा छ । उनीसँग अर्को ठूलो कीर्तिमान बनाउने अवसर पनि छ । यस प्रतियोगितामा थप १५ चौका लगाउन सके भने उनी ३ सय चौका लगाउने विश्वकै पहिलो क्रिकेटर बन्नेछन् । अहिले यो सूचीमा आयरल्यान्डका पल स्टर्लिङ २९५ चौकासहित पहिलो नम्बरमा छन् । तर, उनको टोली विश्वकपबाट बाहिरिइसकेको छ । त्यसैले कोहलीलाई नयाँ अवसर छ । 

फिल्डिङमा रोहितले बनाउन सक्छन् रेकर्ड 
थप एक क्याच लिनासाथ रोहित शर्मा सर्वाधिक धेरै ४३ क्याच लिने भारतीय खेलाडी बन्नेछन् । अहिले सुरेश रैना र रोहित शर्माका नाममा संयुक्त रुपमा समान ४२ क्याच लिने कीर्तिमान छ । सबैभन्दा धेरै क्याच लिने किर्तिमान त महेन्द्र सिंह धोनीका नाममा भएपनि उनले विकेटकिपरका रुपमा क्याच लिएका हुन् । धोनीले करियरका दौरान टी–२० अन्तर्राष्ट्रियमा ९१ क्याच लिएका थिए । 
पाकिस्तानले रच्नसक्छ इतिहास 

विश्वकपमा अहिलेसम्म पाकिस्तानले भारतलाई हराएको छैन । चाहे एक दिवसीय विश्वकप होस् वा टी–२० विश्वकप । कप्तान बाबर आजमसामु यस्तो खराब इतिहास अन्त्य गर्ने गरेर भारतलाई विश्वकपमा हराउने पहिलो पाकिस्तानी कप्तान बन्ने अवसर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप