शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतबाट खैरो हेरोइनसहित एकजना युवक पक्राउ

आइतबार, ०७ कात्तिक २०७८, १० : ३५
आइतबार, ०७ कात्तिक २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले बुढाको साथबाट ८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

एक पुरिया खैरो हेरोइन उनको साथबाट र २ पुरिया घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–२ स्थित कोलडाँडा घर भएका खिमबहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप