शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा समुद्र भित्रको सुन्दर संसार

आइतबार, ०७ कात्तिक २०७८, १० : ३०
आइतबार, ०७ कात्तिक २०७८

हरेक वर्ष ‘ओशन फोटोग्राफर अफ द ईयर’ को आयोजना हुने गर्छ । यसको आयोजना ओशनोग्राफिक पत्रिकाले गर्दै आएको छ । यस प्रतियोगितामा समुद्रको गहिराईमा रहने जीवनको सुन्दरतालाई देखाउने र उक्त गहिराईमा हुने खतराको बयान गर्ने तस्बिरलाई अवार्ड दिने गरिन्छ । 

सन् २०२१ को ‘ओशन फोटोग्राफर अफ द ईयर’ पुरस्कार आइमी जोनको फोटोग्राफीलाई दिइयो । उनले समुद्रभित्र रहने हरियो कछुवा (ग्रीन सी टर्टल) को ग्लास माछाले घेरिएको तस्बिर क्यामेरामा कैद गरेका थिए । यो तस्बिर उनले पश्चिमी अष्ट्रेलियाको निंगालु कोरल रिफ नजिकै लिएका थिए । 

यसैगरी, यस प्रतियोगिता अन्तर्गत दोस्रो स्थानमा हेनली स्पियर्सको तस्बिर पर्न सफल भएको छ । उनले स्कटल्याण्डको शेटल्याण्ड द्विप नजिकै माछा समात्न समुन्द्रभित्र पसेका समुद्री पन्छीहरुको तस्बिर कैद गरेका थिए । 

यस्तै, तेस्रो स्थानको अवार्ड म्याटी स्मिथको तस्बिरलाई प्राप्त भएको छ । उनले नयाँ होक्सबिल कछुवाको तस्बिर खिचेका थिए । तस्बिरमा भर्खरै अण्डाबाट निस्किएको कछुवाको बच्चा समुद्रको गहिराईमा जाने प्रयास गरिरहेको छ । 

यसका साथै, सन् २०२१ अन्तर्गत महिलाका लागि ‘फिमेल फिप्टी फ्याथम अवार्ड’ समावेश गरिएको थियो । यो नयाँ क्याटेगोरी हो । यो अवार्ड महिलालाई प्रोत्साहन र प्रशंसा गर्नका लागि दिइएको हो । यसअन्तर्गत लस एजेल्समा बस्ने र्याने क्यापोजोलालाई दिइएको छ । उनी फोटोग्राफरसँगै शिक्षिका पनि हुन् । उनले ब्ल्याकटीप रिफ शार्कको तस्बिर खिचेकी छन् । उक्त तस्बिरमा शार्क साँझपख सूर्यास्तमा समुन्द्रभित्र आराम गरिरहेको छ । यो तस्बिर उनले फ्रान्स नजिकै द्विपमा खिचेकी थिइन् । 

तस्बिर : बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप