शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बियाका मस्ट वान्टेड ड्रग्स माफिया पक्राउ

आइतबार, ०७ कात्तिक २०७८, १० : १८
आइतबार, ०७ कात्तिक २०७८

कोलम्बियाको सुरक्षा फौजले डायरो आटोनिल युसुगालाई पक्राउ गरेको छ । उनी देशका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए । उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे ।

इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा कोकिन अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ । 

कोलम्बियाले यसअघि ओटोनिलबारे सूचना दिने व्यक्तिलाई पक्राउ गर्ने व्यक्तिलाई ८ लाख अमेरिकी डलर पुरस्कार दिइने जनाएको थियो । त्यस्तै, अमेरिकाले यस कार्यमा सहयोग गर्नेलाई ५० लाख पुरस्कार दिइने घोषणा गरेको थियो ।  

‘हाम्रो देशमा भइरहेको ड्रग्सको कारोबारविरुद्ध यो यस शताब्दीको ठूलो झट्का हो,’ राष्ट्रपति डुक्युले भिडियो सन्देशमार्फत भने, ‘यो झट्काको तुलना ९० को दशकमा भएकोे पाब्लो इस्काबरको पतनसँग मात्रै गर्न सकिन्छ ।’ ओटोनिललाई पक्राउ गर्ने क्रममा एक प्रहरी घटनास्थलमा मारिएको राष्ट्रपति डुक्युले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप