सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, ३४ जनाको अवस्था अझै अज्ञात

आइतबार, ०७ कात्तिक २०७८, १० : १२
आइतबार, ०७ कात्तिक २०७८

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।

शनिवार बझाङको थलारा गाउँपालिका–४ डिक्ला सितलमा पहिरोका कारण ज्यान गुमाएका १२ वर्षीय सन्दिप कार्कीको शव फेला परेको छ । उनको कम्मर भन्दा मुनिको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ  । बझाङमा मात्र १९ जना बेपत्ता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप