एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलमा आज विहानै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एम्बुलेन्स र बिपरित दिशाबाट आएको मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु उपचार क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
-
कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’