शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का

आइतबार, ०७ कात्तिक २०७८, ०९ : ०९
आइतबार, ०७ कात्तिक २०७८

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार (आज) मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो ।

मुख्यमन्त्री आचार्यको सरकारको आयु सकिँदै

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।  सम्भवत कुनै राजनीतिक सहमति नभएको खण्डमा प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य आइतबार पदमुक्त हुने निश्चित छ । एमाले अध्यक्ष ओलीले ‘एमाले एकता जोगाउन’ भन्दै शेरधन राईको नेतृत्वको सरकारलाई विस्थापित भदौ १० मा प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

आचार्यले प्रदेश सरकार गठन गदै उनको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि प्रदेशसभा सदस्यहरुलाई दल रोज्न निर्वाचन आयोगले दिएको समय अनुसार १५ भदौ २०७८ मा प्रदेशका मुख्यमन्त्री आचार्य औपचारिक रुपमै अल्पमतमा परेका थिए । तत्कालीन एमालेमा रहेको १० जना संसदले एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

प्रदेश १ मा एमालेका ५१ प्रदेश सभा सदस्य थिए । १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमाले सांसदको संख्या ४१ मा झ¥यो । त्यसपछि मुख्यमन्त्री आचार्य पनि औपचारिक रुपमा अल्पमतमा परे ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको ४७ मत चाहिन्छ । त्यसमध्ये सभामुख प्रदीपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले उनले ३९ मत मात्र प्राप्त गर्ने अवस्था छ ।

उता विपक्षी गठबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ। गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन । गठबन्धनको केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप