अपि पावरले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने
आइतबार, ०७ कात्तिक २०७८, ०८ : १३
अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म आफ्नो चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् ५६ लाख ७० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
यस्तै, कम्पनीले दोस्रो पटक गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । पछिल्लो पटक कम्पनीले तेस्रो पटक हकप्रद जारी गर्न लागेको हो । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन