बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा पूर्व प्रस्थान

आइतबार, ०७ कात्तिक २०७८, ०७ : ४९
आइतबार, ०७ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि प्रस्थान गरेका छन् ।​ प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि निस्किएका हुन् ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा निस्किएको रातोपाटीलाई बताए । विहान ८ बजे पूर्वी लागेका प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे निरीक्षण गरेका थिए ।

बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि  सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप