बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा पूर्व प्रस्थान
प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी-पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी-पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि निस्किएका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा निस्किएको रातोपाटीलाई बताए । विहान ८ बजे पूर्वी लागेका प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पुर्याएको क्षतिबारे निरीक्षण गरेका थिए ।
बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण