बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनिद्राको समस्या कम गर्न हरेक राति सुत्नुअघि एक गिलास मनतातो दूध

आइतबार, ०७ कात्तिक २०७८, ०७ : ४३
आइतबार, ०७ कात्तिक २०७८

हरेक राति सुत्नुअघि मनतातो दूध पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने एक अध्ययनले देखाएको छ । वैज्ञानिकहरुले रातिमा दूध पिउनुपर्ने अर्को नयाँ कारण पनि पत्ता लगाएका छन् । रातिमा अनिद्राको समस्या छ भने मनतातो दूध पिएर सुत्नुपर्छ । चीनको नेशनल नेचुरल साइन्स फाउन्डेसनको अध्ययनले मनतातो दूधले अनिद्राको समस्या कम गर्ने पत्ता लगाएको हो ।

कसरी हटाउँछ अनिद्रा ?
अनुसन्धानकर्ताका अनुसार दूधमा ट्रिप्टोफन नामक अमिनो एसिड पाइन्छ । यसका साथै, दूधमा मिल्क पेप्टाइड क्यासिन हाइड्रोलिसेट पनि पाइन्छ । जसले तनाव कम गर्न मद्दत गर्छ । र निद्राको समस्यालाई टाढा गराउँछ । दूधमा पाइने यी दुई चीजले निद्रालाई गडबढ हुन दिँदैन ।

अनुसन्धानमा संलग्न रहेका लिन झेंगले निन्द्रा र दूधबीचको सम्बन्धको विषयमा गरिएको अध्ययनका क्रममा मुसामा परीक्षण गरिएको बताए । लिनले दूधमा हुने विशेष प्रकारको मिल्क पेप्टाइडले निन्द्राको समस्या कम गर्ने अनुसन्धानमा खुलेको बताए ।

मुटुरोग कम गर्न
इंग्ल्याण्डको रिडिङ युनिभर्सिटीले गरेको एक अध्ययनले मुटुसम्बन्धी रोग र स्ट्रोकको खतरा १४ प्रतिशत कम गर्न हरेक दिन एक गिलास दूध पिउनुपर्ने उल्लेख गरेको छ । हरेक दिन एक गिलास दूध पिउँदा कोलेस्ट्रोलको स्टरमा कमी आउँछ । त्यसैले मुटुसम्बन्धी रोगको खतरा पनि कम हुन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा धमनीहरु अवरुद्ध हुने भएकाले हृदयघात र स्ट्रोक हुने खतरा हुन्छ ।

के दूध पिउँदा मधुमेहको खतरा बढ्छ ?
दूध पिउँदा मधुमेह हुने खतरा बढ्छ भन्ने मानिसहरुको आम धारणा रहेको छ । अनुसन्धानकर्ताहरुले दूध कम वा धेरै पिउँदा मधुमेहको हुने कुनै प्रमाण नभएको बताएका छन् । दूध हड्डीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन र प्रोटिन हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप