शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारी रियालको भाउ ३३ रुपैयाँ नजिक, आज अन्य देशको कति ?

आइतबार, ०७ कात्तिक २०७८, ०७ : ३१
आइतबार, ०७ कात्तिक २०७८

आज (आइतबार) नेपालमा एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले यूरोपेली मुद्रा यूरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा तोकेको हो भने बेलायती मुद्रा पाउन्ड स्टेर्लिङको खरिददर १६४ रुपैयाँ ९४ पैसा बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा निर्धारण गरेको हो । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९० रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा बिक्रीदर ८९ रुपैयाँ २१ पैसा तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । 

जापानी ऐन १० को खरिददर १० रुपैयाँ ५० पैसा र बिक्रीदर १० रुपैयाँ ५५ पैसा तोकेको राष्ट्र बैंकले चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा तथा यूएई दिरामको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा तोकिएको छ । 

आज मलेसियन रिंगिट एकको खरिदद २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा तोकिँदा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
यसैगरी, कुवेती दिनार एकको खरिददर ३९६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४९ पैसा तोकेको केन्द्रीय बैंकले बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । खुला बजार विनिमयदर व्यवस्थाअनुसार बैंकहरूले प्रस्ताव गर्ने मुद्रा सटहीदर भने फरक हुन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप