शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी

आइतबार, ०७ कात्तिक २०७८, ०७ : १७
आइतबार, ०७ कात्तिक २०७८

सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ । आइतबार राति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको हो । इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको छ । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप