शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा ३ जनाको मृत्यु

आइतबार, ०७ कात्तिक २०७८, ०७ : ०२
आइतबार, ०७ कात्तिक २०७८

सर्लाहीमा भएको बिभिन्न दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको  छ । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक बालकको मोटरसाईकल ठक्करबाट मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । 

ईश्वरपुर नगरपालिका वडा नम्बर १५ स्थित सुकनाहामा मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ७ स्थित मोहनगंज बस्ने उमेश साहकी २८ वर्षिय श्रीमती पपिता देवी साहको मृत्यु भएको हो । 
करेन्ट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारको लागि लालबन्दी स्थित अस्पतालमा लैजादै गर्दा बाटोमै ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । 

त्यस्तै करेन्ट लागेर ब्रहम्पुरी गाउँपालिका वडा नम्बर २ बस्ने  ४० वर्षिय सुरेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गिरीले जानकरी दिए । विद्युतीय पोलमा वाईफाईको तार जोड्न जाँदा साहलाई आज साँझ करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा प-याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । यसैबीच बागमती नगरपालिका वडा नम्बर ५ स्थित मोटरसाइकलले शनिबारदेखि राती करिब ८ बजेको समयमा साइकल ठक्कर दिदा साइकल चालक एक बालकको मृत्यु भएको छ ।

 मोटरसाइकलको ठक्करबाट बागमती नगरपालिका–८ निवासी १४ वर्षिय बालक प्रकाश बहादुर थिंगको मृत्यु भएको सर्लाहीका प्रहरी निरिक्षक गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप