शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको कार्टुन : जनताको दुःखमाथि सत्ताको मजाक

आइतबार, ०७ कात्तिक २०७८, ०६ : ४२
आइतबार, ०७ कात्तिक २०७८

गत साता बेमौसमी वर्षाले देशभर ठुलो विध्वंश मच्चायो । वर्षापछि आएको बाढी पहिरोमा परी सयौँले ज्यान गुमाए, कयौँ घरबारविहीन भए । यसको सबैभन्दा ठुलो मारमा किसान परे । जनता दुःखमा परिरहँदा सरकार र सत्तारुढ दलका नेताले भने भद्दा नाटक मञ्चन गरिरहे । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि त पुगे तर त्यहाँ उनको स्वागतमा गरिएको तामझामको यतिबेला चर्को आलोचना भइरहेको छ । वास्तविक पीडितले त प्रधानमन्त्री आएको–गएको पत्तो नै पाएन भनिरहेका छन् । उता, सत्तारुढ दलकै अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको बेला जनताको साथमा हुनुपर्नेमा सोही समय र्‍याफ्टिङ र जीपलाइनको मज्जा लिइरहेका थिए । सामाजिक सञ्जालमा उनको तस्बिरमा प्रतिक्रिया आइरहेका थिए – रोम जलिरह्यो, निरो बाँसुरी बजाइरहे ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप