बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टी-२० विश्वकप : इङ्ल्यान्डसँग डिफेन्डिङ च्याम्पियनको लज्जास्पद हार

शनिबार, ०६ कात्तिक २०७८, २२ : ४४
शनिबार, ०६ कात्तिक २०७८

इङ्ग्ल्यान्डले टी–२० विश्वकप क्रिकेटमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ । सुरुवाती ब्याटिङ गरेको वेस्ट इन्डिज इङल्यान्डको घातक बलिङसामु निरीह देखिएको थियो ।  

कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा १४.२ ओभरमा केवल ५५ रनमै वेस्ट इन्डिज अलआउट भयो । लेन्डी सिमोन्स ३, इभिन लेविस ६, क्रिस गेल १३, सिम्रन हेट्मेयर ९, ड्वायेन ब्राभो ५, निकोलास पुरन १, किरोन पोलार्ड ६ र आन्द्रे रसेल शुन्य रनमा आउट भए । वेस्ट इन्डिजलाई तहस–नहस गर्ने क्रममा इङल्यान्डका अकिल रसिदले २ रन दिएर ४ विकेट लिए । त्यसैगरी, मोइन अली र टाइमल मिल्सले दुई–दुई विकेट लिए । 

जवाफमा, इङल्यान्डले ८ ओभर २ बलमै लक्ष्य भेट्यायो । तर, त्यसक्रममा उसले ४ विकेट गुमायो । यसक्रममा इङल्यान्डका लागि जोस बुट्लरले २४ रनको अविजित इनिङग्स् खेले । त्यसैगरी, कप्तान इयोन मोर्गनले पनि अविजित सात रन बटुले । 

त्यसअघि ओपनर जासोन रोय ११, जोन्नी बेरोस्टो ९, मोइन अली ३ र लियाम लिभिंग्स्टोन १ रनमा आउट भएका थिए ।  यस जीतसँगै इङल्यान्डले अघिल्लो संस्करणको टी–२० विश्वकपको बदला पनि लिएको छ । २०१६ मा भारतमा सम्पन्न उक्त प्रतियोगिताको फाइनलमा इङल्यान्डलाई ४ विकेटले हराएर वेस्ट इन्डिजले उपाधि जितेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप