माउन्टको ह्याट्रिकमा चेल्सीको गोल वर्षा
मेसन माउन्टले ह्याट्रिक गर्दा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले पुछारमा रहेको नर्विच सिटीमाथि गोलको वर्षा गरेको छ । शनिबार भएको खेलमा चेल्सी ७–० को विशाल अन्तरले विजयी भएको हो ।
१८ मिनेटभित्र नै थोमस टुकलको टोली २–० ले अघि बनिसकेको छ । खेलको ८ औँ मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिलाए भने क्यालम हडसन ओडोइले अग्रता दोब्बर बनाए । दुवै खेलाडीको सिजनमा यो पहिलो गोल थियो । पहिलो हाफ सकिन लाग्दा माउन्टले रिस जेम्सका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको शुरुवातमा नै बेन चिलवेलले चेल्सीको चौथो गोल गरे भने ६२ औँ मिनेटमा नर्विचले आत्मघाती गोल गर्यो । लगत्तै बेन गिबसनले रातो कार्ड पाएपछि नर्विच १० खेलाडीमा सिमित बन्यो । ८५ औँ मिनेटमा पेनाल्टीबाट माउन्टले व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी समयमा अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । ९ खेलपछि चेल्सी २२ अंक बटुल्दै लिगको शीर्ष स्थानमा रहेको छ । हालसम्म एक पनि जीत हासिल गर्न नसकेको नर्विच मात्र २ अंकसहित लिगको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह