शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्कीका ५ पालिकाका ७२ वटा वडामा सर्वसम्वत नेतृत्व चयन

शनिबार, ०६ कात्तिक २०७८, २० : ५३
शनिबार, ०६ कात्तिक २०७८

नेकपा (एमाले) कास्कीका ५ पालिकाका ७२ वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।  शनिबार भएको अधिवेशनमा पोखरा महानगर–४ को अध्यक्षमा शंकर बहादुर कोइराला सर्वसम्मत चयन भएका छन् । त्यसैगरी वडा नं.–७ को अध्यक्षमा किशोर बरालसहितको अन्य पदाधिकारी चयन भएका छन् । पोखरा महानगरपालिका १५ मा भोजबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा खेमबहादुर थापा, सचिवमा पार्वती कार्की, २ उपसचिवमा मन्दिरा परियार र आसीश भण्डारी सर्वसम्मत चयन भएका हुन् । पोखरा –१३ मा निलकण्ठ सिग्देल अध्यक्षमा सर्वसम्मत भएका छन् । उपाध्यक्षमा सरस्वती भण्डारी बराल, सचिवमा विष्णुप्रसाद अधिकारी, उपसचिवमा अलिअकबर मिया र एकप्रसाद गुरुङ सर्वसम्मत भएका छन् । 

पोखरा–२५, हेमजाको वडा अधिवेशनबाट आगामी कार्यकालको लागि अध्यक्षमा ऋषिराम पौडेल सहितका पदाधिकारी निर्वाचित भएका छन् । पोखरा–१० को अध्यक्षमा सूर्यबहादुर बानियाँ निर्वाचित भएका छन् । उपाध्यक्षमा सीता तिमिल्सिना, सचिवमा राजु श्रेष्ठ, उपसचिवमा कमल बस्नेत र जानुका अधिकारी चुनिएका छन् । त्यस्तै वडा नम्वर २७ को अध्यक्षमा सुर्यमणि लामिछाने, पोखरा १२ को अध्यक्षमा बलराम ढुंगाना, पोखरा २ को अध्यक्षमा दीपक शाह चयन भएका छन् । महानगरका अन्य वडाको परिणाम आउन बाँकी छ । 

त्यसैगरी मादी ११ सैमाराङमा नन्दप्रसाद गुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा धनबहादुर कार्की, सचिवमा युवराज लामिछाने, उपसचिवमा सीता थापा क्षेत्री र नित्यनन्द लामिछाने सर्वसम्मत चयन भएका छन् । मादी ८ मिजुरेमा लालबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष रुपबहादुर घले गुरुङ, सचिवमा किसान राना मगर, उपसचिवमा हरि माया पौडेल र जगतबहादुर रिमालसहित २५ सदस्य कमिटी चयन भएको छ ।

मादी गाउँपालिका ९ मा श्रीप्रसाद गुरुङ, अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा रुपा गुरुङ, सचिवमा दतराम गुरुङ, उपसचिवमा राजेन्द्र अधिकारी, मनोज गुरुङसहित २१ सदस्यीय कमिटी सर्वसम्मत भएको छ ।

यस्तै मादी गाउँपालिका कमिटीको अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा लालबहादुर केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा छविलाल विक, सचिवमा उमलाल पौडेल, उपसचिवमा दुर्गाप्रसाद गिरी र जगतबहादुर केसी सर्वसम्मत चयन भएका छन् ।

पोखरा महानगरसहित कास्कीका ७२ वटै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको र केही ठाउँमा अहिले पनि अधिवेशन चलिरहेको नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले रातोपाटीलाई बताए । उनले कास्कीमा निर्वाचन गर्नुपर्ने अवस्था नदेखिएको बताए । ‘कास्कीका ७२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’उनले भने, ‘कयौं ठाउँमा अधिवेशन सम्पन्न भएको छ, केही ठाउँमा अहिले पनि अधिवेशन चलिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप