शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा १ सय ७० भन्दा बढी वडामा एमाले अधिवेशन सम्पन्न

शनिबार, ०६ कात्तिक २०७८, १९ : ४९
शनिबार, ०६ कात्तिक २०७८

धनुषा एमालेले शनिबार १ सय ७० वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । झण्डै ४ सय वडा रहेको धनुषामा १ सय ७० वटामा  अधिवेशन सम्पन्न भएको धनुषा एमालेले जनाएको छ । अझै पनि  विभिन्न स्थानीय तहमा अधिवेशन जारी रहेको एमाले धनुषाका नेता रोशन कर्णले जानकारी दिए ।

धनुषाको जनकपुरधाम, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनौजी गाउँपालिकालगायतका केही वडामा अहिले पनि वडा अधिवेशन जारी नै छ ।

जनकपुरधामका २५ वडामध्ये २२ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको नेता कर्णले बताए ।  एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले आइतबार बिहानसम्म अधिवेशन सम्पन्न भइसक्ने जानकारी दिए । अहिलेसम्म अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मतरुपमै वडा कार्य समितिहरु गठन गरिएको  उनले बताए । विवाद उत्पन्न भएका केहि वडामा आइतबार दिउँसोसम्म टुंगो लगाएर अधिवेशन सम्पन्न गरिसक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप