शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले वडा अधिवेशन : काठमाडौंमा सर्वसम्मत नेतृत्व चयन

शनिबार, ०६ कात्तिक २०७८, १९ : ३०
शनिबार, ०६ कात्तिक २०७८

नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । जिल्लाका काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव दिपक निरौलाले जानकारी दिए ।

जिल्लाका दक्षिणकाली र बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीहरूको नाम समेत सार्वजनिक भइसकेको निरौलाले बताएका छन् । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक हुने तयारी भैरहेको निरौलाले बताएका छन् ।  शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप