बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

शनिबार, ०६ कात्तिक २०७८, १८ : ४१
शनिबार, ०६ कात्तिक २०७८

पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल र गहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

बुधबार राती पौने ११ बजेको समयमा पोखरा, बुद्दचोकस्थित बृटिश एकिकृत वेल्फेयर सेन्टरको ताला फोडेर १८ हजारसहित सामसुङ मोवाइल १ थान र चाँदीका सिक्री २ थान सहित तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती युवकलाई चोरी गरिएको सामानसहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप