बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा सोमबारदेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा

शनिबार, ०६ कात्तिक २०७८, १८ : ०१
शनिबार, ०६ कात्तिक २०७८

ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो । 

सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । गत आइतबारदेखि बुधबार साँझसम्म अविरल वर्षाका कारण अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध भएको थियो । इटहरी, विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि सेवा सञ्चालनमा आएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दीपेन खवासले बताए । 

नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० भन्दा बढी ल्यान्डलाइन टेलिफोन, मोबाइल सेवा, इन्टरनेट सेवा प्रायः ठप्प भएको थियो । इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ । इन्टरनेट नचलेकाले तीन दिनदेखि बैङ्किङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प बनेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप