शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

शनिबार, ०६ कात्तिक २०७८, १७ : ३४
शनिबार, ०६ कात्तिक २०७८

मुगुमा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप