बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँका कुख्यात चोर पक्राउ, सहकारीदेखि घरमा चोरी

शनिबार, ०६ कात्तिक २०७८, १७ : २३
शनिबार, ०६ कात्तिक २०७८

काठमाडौँका कुख्यात चोरलाई प्रहरीले पक्राउ गर्न प्रहरी सफल भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको चोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका(४ घर भएका ३१ वर्षीय कमल थापा मगर रहेका छन् । मगरले उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तीय सङ्घसंस्थाहरू र घरमा मानिसहरू नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी गर्ने गरेको प्रहरीको भनाइ छ । चोरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कमललाई नगद र ढोका फोड्न प्रयोग गर्ने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यता, नागार्जुन नगरपालिका-६ डाँडापौवास्थित श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप