वीरेन्द्रनगरमा लागु औषधसहित एक जना पक्राउ
सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरोको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट कोलडाँडा भन्ने स्थानमा बस्ने २८ वर्षीय खिमबहादुर बुढालाई पक्राउ गरेको हो ।
शनिबार बिहान ८:३० बजेको समयमा उनी सोही स्थानको एक नास्ता पसलभित्र शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो । शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा कागज भित्र एक पुडिया लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । साथै उनले लगाएको पाइन्टको खल्तीमा विभिन्न दरका नेपाली नोट १२ हजार ४५० बरामद गरिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने,‘ ती व्यक्तिको घर खानतलासी गर्दा घरको कोठाभित्र टिभी राख्ने र्‍याक माथि कालो प्लास्टिक र सेतो कागजको दुई वटा पोका लुकाई छिपाई राखेको पनि पत्ता लाग्यो । नापतौल गर्दा प्लास्टिक सहित ९ ग्राम ९४० मिलिग्राम र प्लास्टिकबाहेक तौल गर्दा ८ ग्राम ७३० मिलिग्राम लागु औषध भेटिएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि