हुलहुज्जतको बाटो समुन्नत समाजमा पुग्न सकिन्न : काँग्रेस
सत्तारुढ दल नेपाली काँग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई स्वागत गरेको छ । कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन नसक्ने बताउँदै यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको विषय भएको बताएको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य हो । तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन । यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कारबाहीको विषय बन्दछ ।'
जनकपुरको घटनाबाट नेपाली इन्जिनियरहरू, कर्मचारीहरू र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको काँग्रेसले बताएको छ । हुलहुज्जतको बाटो समुन्नत समाजमा पुग्न नसकिने बताउँदै काँग्रेसले शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकुलको संस्कार र व्यवहारमा रूपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य रहेको स्मरणसमेत गराएको छ । हरेक दल, नेतृत्व, सदस्य, समर्थक र हरेक नागरिकले यसलाई गहिरो आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै थप सजगता र कडाइका लागि सरकारलाई नेपाली काँग्रेसले अपिल गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा