भारतविरुद्धको खेलका लागि पाकिस्तानको टोली घोषणा
भारतविरुद्ध आइतबार हुने टी–२० विश्वकप अन्तरगतका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेका छन् । पाकिस्तानले बाबर आजमको कप्तानीमा १२ खेलाडीहरूको घोषणा गरेको हो । टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् । सुपर १२ राउन्डमा दुई टोलीका यो पहिलो खेल हुनेछ ।
हालसम्म दुई टोलीबीच टी–२० का ५ खेल खेलिएका छन् जसमा सबैमा भारत विजयी भएको छ । भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ । भारतले भोलि मात्र टोलीको घोषणा गर्ने बताइएको छ । यो विराट कोहलीको कप्तानीमा खेलिने अन्तिम टी–२० प्रतियोगिता हुनेछ । महेन्द्र सिंह घोनीका मेन्टर रहेका छन् ।
Pakistan open T20 World Cup campaign on Sunday
— PCB Media (@TheRealPCBMedia) October 23, 2021
More details ➡️ https://t.co/jNJ0nfEIOg#WeHaveWeWill | #T20WorldCup
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान