मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का

शनिबार, ०६ कात्तिक २०७८, ०९ : ००
शनिबार, ०६ कात्तिक २०७८

परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।

‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको समेत उनले बताए  । सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताउँदै गठबन्धन दलहरु बीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए ।

उनले भने, ‘सरकारले प्रदेश सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउँछ, अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो लागिसकेको छैन ।’ उनले प्रदेश १ सरकारको नेतृत्व अझैपनि काँग्रेसले गर्ने सम्भावना जीवित रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप