दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।
‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको समेत उनले बताए । सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताउँदै गठबन्धन दलहरु बीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए ।
उनले भने, ‘सरकारले प्रदेश सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउँछ, अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो लागिसकेको छैन ।’ उनले प्रदेश १ सरकारको नेतृत्व अझैपनि काँग्रेसले गर्ने सम्भावना जीवित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण