शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते

शनिबार, ०६ कात्तिक २०७८, १४ : ३७
शनिबार, ०६ कात्तिक २०७८

सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।  वीरेन्द्रनगर नगरपालिका–७ स्थित कट्कुवा सामुदायिक वनमा शनिवार  बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप