भारतमा कोभिड-१९ का १६, ३२६ नयाँ सङ्क्रमितहरु थपिए
शनिबार, ०६ कात्तिक २०७८, १४ : १८

भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरु फेला परेका छन् । संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३, ७०८ पुगेको छ ।
सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ। यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !
-
नासिए मौलिक सम्पदा
-
धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)
-
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ : मन्त्री अधिकारी