ad

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

person explore access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0
सामाजिक सञ्जाल

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ। उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 


गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए। स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो। त्यहाँबाट राति पुनः विराटनगर लगिएको थियो।



२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए। उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थियो । गुप्ताको शव आज बिहान १०:३०बजे हिन्दु रीति रिवाज  अनुसार खुट्टिखाेलामा दाह संस्कार गरिएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।  गुप्ताको एक पत्नी, दुई छोरा र एक छोरी छन्।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।