शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले लुम्बिनी प्रदेशमा ४ अर्बको धानबाली नष्ट

शनिबार, ०६ कात्तिक २०७८, १४ : ०९
शनिबार, ०६ कात्तिक २०७८

देशभर लगातार परेको बेमौसमी वर्षका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ । भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । 

प्रदेशमा करिब ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ । बाढीले धानबाली नष्ट गरेपछि चालू आर्थिक वर्षमा विदेशबाट हुने धानको आयात बढ्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप